कञ्चनपुरमा एमाले र माओवादी केन्द्रबीच झडप

न्युजलय २९ बैशाख २०७९, बिहिबार ०१:२४ मा प्रकाशित

काठमाडौं । कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।


कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरमा पूर्व मन्त्री मगरलाई खान खान निम्ता गरिएको माओवादी केन्द्रका अगुवा कार्यकर्ताले दाबी गरेका छन् । सो विषयमा रानामाथि आक्रमण भएको थियो । 


मौन अवधीमा जम्मा भएर कार्यक्रम गरेको विषयमा विवाद हुँदा झडप भएको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले रातोपाटीलाई बताए ।  


पूर्वमन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यक रूपमा अतिरञ्जित गरिएको बताएकी छिन् । झडप भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।