प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाँदै

न्युजलय २१ पुस २०७८, बुधबार ०६:२५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत जाने भएका छन्। 

चार दिवसीय भारत भ्रमणका लागि देउवा जनवरी १०(सोमबार) जाने कार्यक्रम थियो। तर, उनी एक दिन अगावै अर्थात् आगामी आइतबार भारत भ्रमणमा जान लागेका हुन्।

देउवा भाइब्रेन्ट गुजरात वैश्विक सम्मेलनका भाग लिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जनाएको छ। प्रधानमन्त्रीको भ्रमण दलमा ३० सदस्य हुने जनाइएको छ। 

पाँचौपटक असार २९ गते  प्रधानमन्त्री नियुक्त भएका देउवाको यो दोस्रो विदेश भ्रमण हो। यस अघि उनी गत नोभेम्बरमा स्कटल्याण्डको ग्लासगोमा संयुक्त राष्ट्र संघले आयोजना गरेको जलवायु सम्मेलनमा भाग लिन गएका थिए।