चितवन । भरतपुरमा बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार(आज) महिला र पुरूषको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका–१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल बोरामा २ वटा शव भटिएको खबर स्थानीयले प्रहरीलाई गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जुटको बोराभित्र भेटिएकोको शव अन्दाजी ३० वर्षका महिला र पुरूषको रहेको प्रहरीको भनाइ छ । शवको प्रकृति हेर्दा चार–पाँच दिनअघि घटना भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
खोलामा माछा मार्दै गरेका स्थानीयले गन्ध आएपछि खोज्ने क्रममा बोराभित्र शव भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।