परिवारसँगको भिडिओ कलकै क्रममा जापानमा झुण्डिइन् नेपाली युवती

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०१:१४ मा प्रकाशित

काठमाडौ । जापानमा एक जना नेपाली युवतीले आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गरीरहँदा घरमा आमाबुवालाई भिडिओ कल गरेकी थिइन् । 


भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा ती युवतीले आत्महत्या गरेकी हुन्। 


जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।


उनको आत्महत्याको कारण खुलेको छैन। 


ती युवतीले सँगै पढिरहेका साथीलाई ५ दिनका लागि नेपाल जान लागेकाले जहाजको टिकट बुझिदिन भनेकी थिइन्। उनका भाइसमेत बिदामा नेपाल आएर फर्कन लागेका थिए।