काठमाडौं । यो साता सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । गत साता प्रतितोला चाँदीको मूल्य १३६० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३७५ रुपैयाँ कायम भएको छ ।