काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।
पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ । बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।
आज पनि सन्दीपको मुद्दामा फैसला नभएमा उनि यही भदौ ३० गतेदेखि हुने एसियाकप क्रिकेट खेल्न पाकिस्तान र श्रीलंका जाने सम्भावना निकै कम हुनेछ ।
फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ ।