केरला पुग्यो मनसुन

न्युजलय २६ जेठ २०८०, शुक्रबार ११:२४ मा प्रकाशित

काठमाडौं । यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ।

मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो। केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुने हो। सामान्यतः केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल पुग्न १३ सम्म लाग्छ। 

केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै ढिला नहुने  बताइएको छ ।  केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ। त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्छ।

यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ। केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने बताइएको छ ।