टेलिकममा जागिर खुल्यो, २७० जना कर्मचारी माग

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।

उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी पाँच जना मागिएको छ । त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत कम्पनीमा जागिर खुलेको छ ।

यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर–इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । यसैगरी सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकममा जागिरको अवसर छ ।

इच्छुक व्यक्तिले टेलिकमको अनलाइन प्रणाली अनुसार यहाँ क्लिक गरी उल्लेखित प्रक्रिया अनुसार अनलाइन आवेदन दिन सक्नेछन् ।