विराटनगर । मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री थापाले मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।
मण्डलले आजै सपथ लिने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।
९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनले तत्कालिन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका छन् ।
प्रदेश सभाको बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाइएको छ ।