विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अबरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।
किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले पक्राउ परेको जानकारी दिए। खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरु राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले पनि नेता किराती पक्राउ परेको पुष्टि गरेका छन् । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली अहिले ओखलढुंगाको हर्कपुरमा आयोजित सभामा सहभागि छ ।
यो सभा सकेर आजै खोटाङको हलेसी पुग्नेछ कार्यतालिका छ ।