गगन थापाले महामन्त्री पदमा गराए उम्मेदवारी दर्ता

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०९:५४ मा प्रकाशित

काठमाण्डौ । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् । 

थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत महामन्त्री पदमा उम्मेदवारीका लागि आफ्नो अवधारणा पत्र समेत सार्वजनिक गरेका थिए ।

यसअघि सिटौला समूहमा रहेका उनी सो समूह छाडेर कोइराला समूहतर्फ लागेका हुन् । 

काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।