हतुवागढीको होम्ताङमा आगलागीबाट घर जल्दा ५ लाखबढीको क्षति

न्युजलय २२ असोज २०८०, सोमबार ०६:०१ मा प्रकाशित

भोजपुर । हतुवागढी गाउँपालिका ६ लङ्खामा घर आगलागी भएको छ । 


आज बिहान ३ बजेको समयमा राम प्रसाद राईको घरमा आगलागी भएको हो । 


बिहान सुतिरहेको अवस्थामा अचानक भएको आगलागीबाट घर जल्नुका साथै ५ लाख भन्दा बढीको क्षति भएको वडाध्यक्ष मोहन राईले जानकारी दिनुभयो । 

उक्त घटनाबारे हतुवागढी गाउँपालिकाले अनुगमन गरी राहात स्वरुप नगद र खाद्यान्न सहयोग प्रदान गरेको छ । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न राहात सामाग्री वितरण गरिएको छ ।