सुनको मूल्य बढ्यो

न्युजलय १७ असार २०८१, सोमबार १२:०३ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो ।