तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा तीन वर्षीय बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।
बुधबार स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
बेलुका झन्डै ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछिपछि कुदेर परियार करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी थिइन् ।
घाइते बालकको बन्दीपुर गाउँपालिका–४ डुम्रेमा रहेको मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको बताइएको छ ।
उनको घाँटी तथा शरीरका अन्य भागमा चोट लागेको छ ।