सुनको मूल्य घट्यो

न्युजलय २५ असार २०८१, मङ्गलबार १०:५२ मा प्रकाशित

काठमाडौँ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।