काठमाडौं । चीन भ्रमणमा क्रममा हृदयघात भएर अस्पताल भर्ना भएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ निको भएका छन् ।
पाँच दिने उपचारपपछि सोमबार डिस्चार्ज भएका हुन् । उनको सचिवालयकाअनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्किने छन्।
बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो ।