इलाम । इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामाको ज्यान गएको छ ।
दुर्घटनामा गाडीमा रहेका अन्य ३६ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको छ ।
धनुषाको धारापानीबाट इलाम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।