काठमाडौंमा भूकम्पको धक्का महसुस

न्युजलय ७ मङ्सिर २०८०, बिहिबार ०६:२६ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।


आज बिहान १ बजेर १९ मिनेटमा काठमाडौंको किर्तिपुर केन्द्रबिन्दु भएर ३. ८ रेक्टरको भूकम्प गएको हो ।


उपत्यकाका तीनवटै जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ ।