सुनचाँदीको मूल्य घट्यो

न्युजलय २१ असोज २०८१, सोमबार ११:०६ मा प्रकाशित

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।