इटहरी । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरूले मोसो दलेका छन् ।
आफूहरूका विभिन्न माग सम्बोधन नभएको भन्दै सोमबार (आज) दाहाललाई विद्यार्थीहरूले मोसो दलेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौँ समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको विद्यार्थी नेताहरूको आरोप छ ।
उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङले जनाएको छ ।