सुनको मूल्यले बनायो अर्को रेकर्ड

न्युजलय २ कार्तिक २०८१, शुक्रबार ११:२७ मा प्रकाशित

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरेको छ । एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुन प्रतितोला १ लाख ६२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार बिहीबार प्रतितोला १ हजार ९५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रूपैयाँले बढी हो ।