माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोह सुरु

न्युजलय ११ पुस २०७८, आइतबार ०९:४८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा महाधिवेशन सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, विशेष अतिथिका रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल, अतिथिका रुपमा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने अतिथिहरु आउने क्रम जारी रहेको छ ।

शनिबारसम्म महाधिवेशन नभनेर राष्ट्रिय सम्मेलन गर्ने भनिए पनि एकाएक माओवादीले हिजो सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो । महाधिवेशन आगामी १५ गतेसम्म चल्नेछ ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्ने बताइएको छ भने माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ ।