आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

न्युजलय २० असार २०७९, सोमबार ०८:५४ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

सोमबार(आज) विहान एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।