मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

न्युजलय १४ साउन २०८०, आइतबार ०४:२६ मा प्रकाशित

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त स्थानमा अहिले वर्षा भइरहेको र लेदो पनि बगिरहेको जानकारी दिइएको छ ।  पहिरो पन्छाउन केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । 

लेदो खसिरहेकाले सो स्थानमा सवारीसाधनको आवगमन ठप्प भएको बताइएको छ ।