अमेरिकी विमानले ८० टन हतियार युक्रेन ल्याएको दाबी

न्युजलय २७ माघ २०७८, बिहिबार ०७:१७ मा प्रकाशित

काठमाडौं । संयुक्त राज्य अमेरिकाले १० वटा विमानमार्फत ८० टन हतियार युक्रेन पुर्‍याएको युक्रेनका एक मन्त्रीले दाबी गरेका छन् । १० वटा विमानमा ८० टनभन्दा बढी बारुदसहितका हतियार भित्रिएको युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् ।


समग्रमा, अमेरिकाले ४५ विमानमार्फत हतियार आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको आरबीएस(युक्रेनको स्रोतले उल्लेख गरेको छ ।

 

केही समययता युक्रेन र रुसबीच तनाव बढिरहेको छ‚ जसमा अमेरिका र युरोपेली युनियनले युक्रेनी सीमामा रूसले आफ्ना सैनिक तैनाथ गर्नु दुःखद् भएको बताउँदै आएका छन् । उत्तर एट्लान्टिक सन्धी संगठन ९नेटो०ले विभिन्न देशहरूलाई युक्रेनका लागि आफ्नो सैन्य समर्थन बढाउन आग्रह गरेको छ ।


यस विषयमा संयुक्त राज्य अमेरिका र अन्य हतियार आपूर्तिकर्ताहरूसँग वार्ता गर्दै गर्दा युरोपेली युनियनले रुसको ऊर्जा आपूर्तिमा वृद्धि हुने अवस्थामा युरोपमा हुने सम्भावित अवरोधप्रति समेत चिन्ता व्यक्त गरेको छ ।