विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट एक महिनाको अवधिमा ५ हजार जनाले वंशज नागरिकता लिएका छन् ।
लामो समयपछि सरकारले जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने बाटो खुलाएपछि ५ हजारले वंशज नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक ८० देखि एक सय हराहरीमा जन्मसिद्धका सन्तानलाई वंशज नागरिकता दिने गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
असार ११ गतेदेखि फर्म लिएर १२ गतेदेखि नागरिकता वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालयले यो अवधिमा १२ हजार भन्दा बढीले फर्म भरिसकेको जनाएको छ।
जन्मसिद्धका सन्तानलाई दिइने नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै डेस्क बनाएर काम गरिरहेको बताएको छ ।