विप्लव समूहका जुम्ला इञ्चार्जसहित दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

न्युजलय २५ माघ २०७८, मङ्गलबार ०६:०० मा प्रकाशित

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इञ्चार्जसहितका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा मंगलवार(आज) बिहान आयोजित एक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्। 

यसरी पार्टी प्रवेश गर्नेमा जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा, जिल्ला सेक्रेटरी तिर्थ बड, सह–सेक्रेटरी अलिबहादुर शाही रहेका छन्। रविकिरण विप्लव नेतृत्वको पार्टीका भेरी कर्णाली व्यूरो सदस्यसमेत हुन्। 

त्यस्तै अनेमसंघ जिल्ला अध्यक्ष विष्णु शाही, उपाध्यक्ष ठुमुरा बड, दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष जया परियारसहित विप्लव नेतृत्वको पार्टीको जिल्ला कमिटीका १५ जना र विभिन्न जनवर्गीय संगठनका जिल्ला तहका १६ जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

नवप्रवेशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए।

अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।