आज देशभर थप २९५ जनामा कोरोना पुष्टि

न्युजलय २८ कार्तिक २०७८, आइतबार १२:३३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ ।


पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५र५ जनामा संक्रमण पुष्टि भएको छ ।