राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा राप्रपा मतदानमा सहभागी नहुने

न्युजलय ११ माघ २०७८, मङ्गलबार ०७:२४ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ बाहेकका प्रदेशमा राष्ट्रिय सभा चुनावमा मत नहाल्न जनप्रतिनिधिलाई निर्देशन दिएको छ।

मंगलबार(आज) बसेको राप्रपाको पदाधिकारी बैठकले प्रदेश–१ मा आफ्ना उम्मेदवारलाई मतदान गर्न र अन्य प्रदेशमा आफ्नो पार्टीका उम्मेदवार नभएकाले  मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि मतदान हुँदैछ।

राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख (गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत) मतदाता हुन्छ।