काठमाडौं । सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा अडिएको छ।
यसदिन ३४१ वटा स्क्रिप्सको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए।
उच्च अंकले घटेको बजारमा ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।