पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

न्युजलय १९ चैत २०८२, बिहिबार ११:५६ मा प्रकाशित

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ।

बिहीबार बिहान शाहलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।