नेप्सेमा ५ अंकको वृद्धि

न्युजलय १९ चैत २०८२, बिहिबार ०४:४३ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १८ को बिन्दुमा कायम भएको हो।

आज ३२८ कम्पनीको दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर एक लाख तीन हजार २२५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ दशमलव २९ को कारोबार भएको नेप्सेले जनाएको छ।