ओलीलाई बालेनले भने –१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला

न्युजलय २१ जेठ २०८१, सोमबार ०४:४१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका छन् । 

झापाको गिरीबन्धु टि–स्टेटको जग्गा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिने भनेर थम्थम्याएको भन्दै बालेनले ओलीलाई अर्को काण्ड गरेर जनता झुक्याउने प्रयत्नमा नलाग्न आग्रह गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत उनले गिरीबन्धुको काण्डको फाइल कसैले पल्टायो भने ओलीलाई जेल पुर्याउन सक्ने चेतावनी दिँदै यसअघि पनि जेल बसेकै हो भनेर सचेत गराएका छन् ।