स्मार्ट लाइसेन्स नआउँदासम्म अस्थायी कार्ड दिइने

न्युजलय ७ साउन २०८०, आइतबार ०८:५४ मा प्रकाशित

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीहरूले अब स्मार्ट लाइसेन्स नआउँदासम्म अस्थायी कार्ड पाउने भएका छन् । 

आइतबार राजधानीमा आयोजित ‘सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो तयारी भइरहेको जानकारी दिएका हुन् । 

यातायातका सम्पूर्ण कामहरू क्याशलेस सिस्टम लागू गर्नुपर्ने काम भइरहेको मन्त्रीले जनाएका छन् ।