पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिँदै मिश्रले भने– राजगद्दीमा देख्न पाईयोस

न्युजलय २३ असार २०८०, शनिवार ०५:४९ मा प्रकाशित

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाईयोस भनेर शुभकामना दिएका छन् । 

पूर्वराजा शाहको ७७औं जन्मदिनको अवसरमा शुभकामना सन्देश जारी गर्दै मिश्रले यस्तो आशा राखेका हुन् । 

उनले राजा, राजनीतिक दल र जनताले आ–आफ्नो ठाउँबाट जानेर, नजानेर गरेको गल्तीका लागि एकआपसलाई माफी दिँदै नवीन समझदारीमा नपुग्ने हो भने यो देशले धेरै ठूलो मूल्य चुकाउन बाँकी नै रहेको पनि खतरा औंल्याएका छन् ।