नयाँ शैक्षिकसत्र वैशाखदेखि सुरु हुने

न्युजलय २२ माघ २०७८, शनिवार ०२:२१ मा प्रकाशित

काठमाडौं । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गत असार १ गतेदेखि सुरु भएको थियो । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताए ।