दमक । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् ।
स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । सो क्षेत्रमा करिब ४ किलोमिटर क्षेत्रमा यस प्रकारका उपकरण रहेको र भारतीय पक्षले हात्तीको क्षति न्यूनीकरणका लागि साइरन राखेको बताएको बताइएकोछ ।
पिण्डलवारीदेखि घेराबारीसमम यस प्रकारका साइरनजस्तो देखिने उपकरणहरू राखिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूहरूलाई पनि यस विषयमा जानकारी प्राप्त भएको र तत्कालै सशस्त्र प्रहरीलाई पनि जानकारी गराएर त्यस विषयमा जानकारी लिएको बताए ।