काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेसँगै निको हुने दर पनि बढेको छ।
पछिल्लो २३ घण्टामा १८ लाख ५४ हजारमा कोरोना पुष्टि हुँदा १७ लाख ३७ हजार निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।
विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड ५७ लाख ९९ हजारभन्दा धेरै भएको छ।
यस्तै निको हुनेको सङ्ख्या ३१ करोड ४५ लाख ९८ हजार पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गु्माउनेको सङ्ख्या ५७ लाख ५८ हजार नाघेको छ।
अझै पनि ५ करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।