भारतमा प्रहरी कारबाहीमा परि ६ माओवादीको मृत्यु

न्युजलय १२ पुस २०७८, सोमबार ०२:०२ मा प्रकाशित

 काठमाण्डौ । भारतको छत्तीसगढ र तेलंगानाको सीमामा दुई राज्यको संयुक्त अभियानका क्रममा ६ माओवादी मारिएका छन्।

भारतीय प्रहरीका अनुसार यस इलाकामा अहिले पनि कारबाही जारी छ र प्रहरीले मृतकको संख्या बढ्ने आशंका जनाएको छ।तर, मारिएकाहरु माओवादी हुन् या होइन् भन्ने पुष्टि भएको छैन।

विशेष अप्रेशनका क्रममा सोमबार भएको भिडन्तमा ठूलो संख्यामा माओवादी मारिएका र घाइते भएका छन्।

प्रहरीका अनुसार छत्तीसगढको सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा ४०–५० जना माओवादी उपस्थितको सूचना पाइएपछि एक दिन पहलाबाट संयुक्त अप्रेसनको योजना बनाइएको थियो।