थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

न्युजलय १८ माघ २०७८, मङ्गलबार १०:४६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  

सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।