६७ देशबाट नेपाल आउनेहरु ७ दिन होटल र ७ दिन घरमा क्वारेन्टिन बस्नुपर्ने

न्युजलय ३ पुस २०७८, शनिवार १२:३९ मा प्रकाशित

काठमाडौं । ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।

अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।

सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ।