उद्घाटन नहुँदै भाँचिएको उदयपुरको पुल परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

न्युजलय २४ असार २०७९, शुक्रबार ०५:२९ मा प्रकाशित

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी–५ त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् । 

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घाटन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । 

परराष्ट्र मन्त्री डा. खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् ।