सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा रतुवामाईबाट पाँच जना पक्राउ

न्युजलय ९ मङ्सिर २०८०, शनिवार ०७:०९ मा प्रकाशित

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मोरङको रतुवामाइबाट पाँच जना समातिएका छन् । 


पक्राउ पर्नेमा मोरङ रतुवामाई ४ का ५६ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीय झरिया देवि राजवंशी, ६३ वर्षिय विष्णु राजवंशी,६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन्।


उनीहरुले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरेर नक्कली कागज बनाएका थिए । 


रंगेलीको मालपोत कार्यालय गएका उनीहरुले ल्याएको कागजात शंकास्दपद लागेपछि प्रहरीलाई खबर गरिएको थियो । वडाअध्यक्षले चलानी नम्बर पनि रेकट नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पुष्टि गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।