२०७९ जेठ ०८ गते आइतबारको राशिफल

न्युजलय ८ जेठ २०७९, आइतबार ०७:१४ मा प्रकाशित

मेष । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

वृष । आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

 

मिथुन । आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

 

कर्कट । आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

 

सिंह । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

 

कन्या । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

 

तुला । कला, सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ, तर शेयर बजारको लगानी गुम्नसक्छ ।

 

वृश्चिक । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

 

धनु । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

 

मकर । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।

 

कुम्भ । आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

 

मीन । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।