थुनामुक्त भएपछि सुनिल शर्माले मागे गृहमन्त्रीको राजीनामा

न्युजलय २७ साउन २०८०, शनिवार ११:५० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सांसद  डा. सुनिल शर्मा थुनामुक्त भएपछि फेरि गृहमन्त्रीको राजीनामा मागेका छन्। सुन तस्करी प्रकरणमा सघाएको भन्दै संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका उनी केही दिनपछि पक्राउ परेका थिए।

बिहीबार पक्राउ परेका उनलाइ शुक्रबार अदालतले म्याद थप्न नमानेपछि छुटे।  थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागे।

यद्यपि, आफ्नो गिरफ्तारी प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा भएको उनको जिकिर थियो । शर्माले कांग्रेस माओवादीसँगको गठबन्धनबाट बाहिर निस्किनुपर्ने बताए ।