थप १७ जनामा कोरोना संक्रमण

न्युजलय २५ बैशाख २०७९, आइतबार ०९:२७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना  संक्रमित थपिएका छन् । चार हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०१ छ ।

अहिले दुई सय जना होम आइसोलेसनमा तथा एक संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।