इजरायलको हवाइ आक्रमणमा ८ प्यालेस्टिनी मारिए

न्युजलय १९ असार २०८०, मङ्गलबार ०७:१५ मा प्रकाशित

काठमाडौँ । इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् । 

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । 

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ ।