सिगियामा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन

न्युजलय २६ जेठ २०८०, शुक्रबार ११:२७ मा प्रकाशित

सुनसरी । रामधुनी नगरपालिका –४ लालपुरमा रहेको नव निर्मित प्रहरी चौकी (भवन) को समुद्घाटन गरिएको छ । 

विहिवार कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले प्रहरी चौकी भवनको उद्घाटन गरेका हुन् । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित बजेटबाट उक्त प्रहरी चौकीको दुई तले पक्का भवन  बनेको थियो । 

उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाका नगर प्रमूख शंखर लाल चौधरी, राजनितिक दलका प्रतिनिधि, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रभू ढकाल,  झुम्का उद्योग वाणिज्य संघका नविन चौधरी, मनिष गेलाल र जीवन थापा मगर लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।