विराटनगरमा झापाकी महिलाले जन्माइन् तिम्ल्याहा

न्युजलय २५ असोज २०८०, बिहिबार ०४:३२ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । 

झापाको गौरीगन्ज गाउँपालिका ४ की २२ वर्षीया रुविना ताजपुरियाले तीन बच्चालाई जन्म दिएकी हुन् ।

जन्मिएका दुई बच्चाको तौल १ किलो ६ सय ग्राम छ भने एउटा बच्चाको तौल २ किलो १ सय ग्राम छ । अप्रेसन गरेर तीन वटै बच्चा सकुशल निकालिएको हो । 

तीनै सन्तानको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।

रुविनाका यसअघि नै दुई छोरी छन् ।