काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै विभिन्न ८ विद्यार्थी संगठन आन्दोलित भएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
निजी विद्यालयहरुले शिक्षा ऐनका केही प्रावधान सच्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पछि सरकारसँग सहमती हुने भएपछि स्थगित गरेको थियो ।
लगत्तै विद्यार्थी संगठनहरुले शिक्षा ऐन लागु हुनुपर्ने माग गरेका छन् । उनीहरुले शिक्षामा व्यापारीकरण पूर्ण रुपमा अन्त्य गर्ने गरी सरकार अघि बढ्नुपर्ने माग गरेका छन् । यस्तै कुलपतिदेखि क्याम्पस प्रमुख लगायत भागबण्डाका आधारमा नभइ खुला प्रतिष्पर्धाका आधारमा छनोट गरिनुपर्नेसमेत माग राखेका छन् ।
उनीहरुले संघर्षका कार्यक्रमहरू श्रावण २८ गते ‘सडक पत्रकार सम्मेलन’ मार्फत सार्वजनिक गरिने जनाएका छन् ।